You are viewing the translated version of स्वरोजगार सहजकर्ता.

Rule 14
स्वरोजगार सहजकर्ता
(१) कोषबाट सञ्चालन गरिने कार्यक्रमको प्रवर्द्धन, समन्वय, अनुगमन, त्र्रण असूली र सहजीकरण समेतको कार्य गर्नको लागि प्रत्येक स्थानीय तहमा कार्यरत रोजगार संयोजक स्वरोजगार सहजकर्ताको रुपमा रहनेछ।
(२) उपनियम (१) बमोजिमको स्वरोजगार सहजकर्ताको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) कोषको उद्देश्य अनुरुपको कार्यक्रम प्रवर्द्धनको लागि आवश्यक सहयोग गर्ने,
(ख) कोष मार्फत क्रण लिई व्यवसाय गर्न चाहने व्यक्तिको कोषले निर्धारण गरे बमोजिम कर्जा लगानीको लागि स्थानीय समन्वय तथा अनुगमन समितिमा सिफारिस गर्ने,
(ग) क्रणीले सञ्चालन गरेको व्यवसायको निरन्तर अनुगमन गरी तोकिएको समयावधि भित्र क्रण तिर्न क्रणीलाई प्रेरित गर्ने,
(घ) समयमा किस्ता रकम नबुझाउने तथा कर्जाको दुरुपयोग गर्ने क्रणीलाई सम्झौता अनुसार किस्ता रकम बुझाउन निर्देशन दिने,
(ङ) क्रण लगानी तथा असुली सम्बन्धमा कोषले दिएको निर्देशन कार्यान्वयन गर्ने,
(च) कोष तथा स्थानीय समन्वय तथा अनुगमन समितिको निर्णय कार्यान्वयन गर्ने वा गराउने ।